Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – काठमाडौँ जिल्ला शिक्षा कार्यालयले अब कक्षा ८ को परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । यसअघि प्रश्नपत्र जिशिकाले उपलब्ध गराउँथ्यो भने विद्यालयले परीक्षा लिई नतिजा पनि प्रकाशित गथ्र्याे र विद्यार्थीको लब्धाङ्कपत्रमा जिशिकाले औपचारिकताका लागि छाप लगाई जारी गरिन्थ्यो ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालनको तौरतरिका प्रायः सबै जिल्लामा यस्तै नै छ ।  विद्यालयले बदमासी गर्दैनन् भन्ने विश्वासका आधारमा सञ्चालन हुँदै आएको जिल्लास्तरीय परीक्षामा प्रायः कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुँदैन, जबकि एसईई (तत्कालीन एसएलसी परीक्षा)को नतिजा लाजमर्दाे छ ।

सरकारले कक्षा ८ लाई आधारभूत तहको अन्तिम परीक्षाका रूपमा परिभाषित गरेको छ ।  त्यसैले जिशिका काठमाडौँले यस परीक्षालाई आफैँले सञ्चालन गर्न जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि नै तयार गरेको छ ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले कक्षा आठको परीक्षा शिक्षा ऐनमा नै व्यवस्था भएपछि परीक्षा व्यवस्थित ढङ्गले सञ्चालन गरिनुपर्ने बताउँदै भन्नुभयो, “हालसम्म प्रश्नपत्र दिने, परीक्षा चल्यो वा चलेन त्यसको अत्तोपत्तो नहुने, अन्तिममा मार्क लेजरमा अङ्क भरिदिने, त्यसलाई जिशिकामा बुझाउने र जिशिकाले छाप लगाएर प्रमाणपत्र दिने चलन छ ।  यो चलनलाई विस्थापित गर्नुपर्दछ भनेर कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्न लागेका हौँ । ”

कार्यविधि अनुरूप अब जिशिकाले तत्कालीन एसएलसी परीक्षाको जस्तै आवेदन फाराम भर्ने र त्यसमा सम्बन्धित विद्यार्थीको तस्बिरसमेत टाँस गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनेछ ।

 

तपाईको प्रतिक्रिया