Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – भारतमा पुराना नोटको कारोबार बन्द भएयता नेपालमा सुन तस्करी बढेको तथ्य बाहिर आएको छ । साथै विभिन्न देशबाट नेपाल भित्रने सुन ग्राहक मार्फत भारतीय बजार पुग्ने पनि प्रहरी अनुसन्धानले खुलाएको छ । 

भारतमा हजार र पाँच सय दरका नोट प्रचलन रोकिएसँगै अवैध सुन प्रतिकिलो पुरानो मूल्यभन्दा ५ देखि ७ लाखसम्म महँगोमा बिक्री हुने गरेको तथ्यले मौलँदो तस्करी पुष्टि गर्छ । प्रहरी अनुसन्धानमा नेपाल भित्रने अवैध सुनको ७५ प्रतिशत खपत भारतमा हुदै आएको छ ।

प्रहरीले पछिल्लो २ महिनामा मात्र ५५ किलोग्राम अवैध सुन बरामद गरिसकेको छ । यस आर्थिक बर्षमा साढे ६१ किलोग्राम सुन बरामद भइसकेको छ । सुन तस्करी अनुसन्धान दोस्रो तहमा पुर्याएको प्रहरीले नेपाली तस्कर समूहको व्यवस्थापनमा अवैध सुन हवाइ र स्थलमार्ग भएर नोपलमा थेग्रिने र ग्राहकमार्फत भारत पुग्ने गरेको पत्ता लागेको छ ।

तपाईको प्रतिक्रिया