Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान वास्तवमा ऐतिहासिक आन्देलन रहेको टिप्पणी गरेका छन् । निर्वाचित भएपछि समर्थकहरुबीच उनले भने,‘खासमा यो अभियान चुनाव प्रचार मात्र थिएन्, मिहिनेती पुरुष र महिलाको आन्दोलन पनि थियो । ’ राष्ट्रपति पदमा डेमोक्रयाटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टन जित्ने दाबी गरिएपनि ट्रम्पले चुनाव जितेपछि सबै आश्चर्य चकित भएका छन । आखिर ट्रम्पले चुनाव कसरी जिते त हेर्नुहोस ५ कारणहरु :

१. डेमोक्याटिकप्रति चरम असन्तुष्टि
डेमोक्याटिक पार्टी मध्यपश्चिमका अधिकांश राज्यमा निर्भर थियो । दशकौँदेखि डेमोक्याटिकको पक्षमा रहेका ती राज्यमा अश्वेत र निम्नवर्गीय गोरा मतदाताको बाहुल्य छ । निम्नवर्गीय गोराको कलेज शिक्षा हासिल नगरेको ठूलै समूह पार्टीप्रति निराश थियो । ग्रामीण बासिन्दाको सत्तारुढ पार्टीप्रति चरम असन्तुष्टि थियो । ठूलो संख्यामा मतदाताले निर्वाचन बहिष्कार गरेका थिए, जसको फाइदा ट्रम्पलाई भयो ।

२. आक्रामक स्वभाव
निर्वाचन अभियानमा ट्रम्पमाथि यौन दुव्र्यवहारदेखि अशोभनीय अभिव्यक्तिको आरोप लाग्यो । महिलाबारे अश्लील टिप्पणी गरेको भिडियो सार्वजनिक भयो । प्रत्यक्ष तीन बहसमा पनि उनको प्रस्तुतिको आलोचना भयो । तर, ट्रम्पले न माफी मागे न हतास भए । बरु पूर्वविदेशीमन्त्री हिलारीको इमेल काण्डमा उनी झन् आक्रमक भए जसको फाइदा उनलाई मिल्यो । donald-trump_650_022716055558३. कोमी फ्याक्टर
निर्वाचन अभियानको अन्त्यतिर संघीय जाँच ब्युरो (एफबिआई) का निर्देशक जेम्स कोमीले हिलारी क्लिन्टनका गोप्य इमेल प्रकरण ब्युँताइदिए । एफबिआईले क्लिन्टनलाई सफाइ दिए पनि त्यसले ट्रम्पको पक्षमा बल पुग्यो ।

४. प्रचार शैली
ट्रम्पको प्रचार अभियान अस्वाभाविक थियो । उनले ह्याटमा धेरै खर्च गरे । अहिलेसम्म रिपब्लिकनका उम्मेदवार नपुगेको विसकन्सिन र मिसिगन राज्यमा पुगे । घरदैलोभन्दा बृहत र्‍याली गरे । उनका चुनार्वी यालीमा क्लिन्टनका भन्दा तेब्बर संख्यामा मानिस सहभागी हुने गरेका थिए । निर्वाचन अभियानमा सेलिब्रेटी लगेर हाउभाउ देखाएनन् ।

५. अश्वेतको मत
निर्वाचनमा अश्वेत र आप्रवासीको बाहुल्य भएको राज्यबाट क्लिन्टनलाई अत्यधिक मत खस्ने अनुमान थियो । ल्याटिन अमेरिका र स्पेनिस मूलका अमेरिकीको सम्पूर्ण मत क्लिन्टनलाई जाने अनुमान गरिएको थियो । ट्रम्पको आप्रवासीविरोधी नीतिका कारण पनि धेरै आप्रवासीले उनलाई मतदान नगर्ने भविष्यवाणी गरिएको थियो ।

तर, क्लिन्टनले अश्वेतबाट अपेक्षाकृत रूपमा मत प्राप्त गर्न नसकेको चुनावपछिको सर्वेक्षणले देखाएको छ । निर्वाचनमा क्लिन्टनलाई ६५ प्रतिशत हिस्पेनिक स्पेनिस मूलका अमेरिकीको समर्थन छ भने ट्रम्पलाई २९ प्रतिशत छ । सन् २०१२ मा ओबामालाई ७१ प्रतिशत हिस्पेनिकको समर्थन थियो । ८८ प्रतिशत अफ्रिकी मूलका अमेरिकीले क्लिन्टनलाई समर्थन गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया