पोखरा – चुक्ता पूँजि ५ करोड २३ लाख तथा ५ सय ३४ जना शेयर सदस्य रहेको सर्वहित वचत तथा ऋण सहकारी संस्थाको छैठौ साधारण सभा गत शुक्रवार सम्पन्न भयो ।
संस्थाका अध्यक्ष दामोदर तिमिल्सिनाको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष ७२\७३ को आय व्यय एवं सस्थाको गतिविधिको वारेमा समिक्षा गर्दै आगामी वर्षको कार्यक्रको वारेमा छलफल गरि पारित गरेको हो । अध्यक्षको प्रतिवेदन दामोदर तिमिल्सिनाले, सचिवको प्रतिवेदन विष्णु पौडेलले, कोषाध्यक्षको प्रतिवेदन सूर्य प्रसाद तिमिल्सिनाले, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन गोकर्ण शर्मा तिमिल्सिना र ऋण लगानी तथा अशुली उपसमितिको प्रतिवेदन वेल वहादुर थापाले पेश गरेका थिए भने समिति सदस्य बसन्त सुवेदीले ७३/७४ को प्रस्तावित कार्यक्रम सभामा राख्नुभएको थियो ।
प्रस्तावित सामाजिक क्षेत्र– शिक्षा,स्वास्थ्य,खानेपानी कार्यलय व्यवस्थापन, खेलकुद लगाएत विभिन्न ११ शीर्षकमा ३४ लाख ९ हजार ५ सय रुपयै वार्षिक खर्च वजेट सभाले पारित गरेकोछ भने विगत वर्षमा सहकारीले गरेको उदाहरणीय काम जस्तै क्षेत्रिय अस्पताल पोखराको प्रसुति वार्डमा २ शैया हस्तान्तरण, सडक सरसफाई, आफ्नै भवन रहेको पोखरा–२६ चंखपुरमा सार्वजनिक सौचालय निमार्ण आदिको अनुमोदन सिन गरेको छ ।
आफ्नै भवनबाट कारोवार सञ्चालन गदैै आइरहेको सहकारीको भाद्र मसान्तसम्म कुल ऋण लगानी ९ करोड ५० लाख रहेको छ भने वचत ७ करोड ४७ लाख रहेको छ ।