Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडाैं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले बक्यौता तिर्नुको साटो यो विषयलाई थप विवादित बनाउने र इमोस्नल ब्ल्याकमेलिङ गरेर सरकारलाई प्रभावित पार्ने कामका लागेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले उद्योगीहरुले तिर्नु पर्ने बिजुलीको बक्यौता तिर्नुको सट्टा बढी राजनीतिककरण गर्नतर्फ लागेको धारणा राखेका हुन् ।

‘उनीहरु लाइन काट्नुभन्दा अगाडि धेरै वस्तु उत्पादन गरिराख्ने, बिक्री नभएको वस्तु लाइन काटेको अवधिमा बिक्री गर्ने, त्यो समयमा बक्यौता पनि नतिर्ने, उल्टै नेपालको अर्थतन्त्र धरासायी भयो, धेरैले रोजगारी गुमाए भनेर इमोस्नल ब्ल्याकमेलिङ र राजनीति गर्नतर्फ लाग्नुभयो, बक्यौता नतिरेर उहाँहरुले यो विषयलाई थप विवादित बनाउन तर्फ लाग्नु भयो,’ उनले भने ।

उनले आफू सुरुदेखि नै देशमा औद्योगिक वातावरण निर्माण गर्नतर्फ लागेको पनि बताएका छन् । ‘म औद्योगिक वातावरण सिर्जना गर्नुपर्छ भनेर सुरुदेखि लागेको हुँ, उद्योगीलाई दिनुपर्ने सेवा सुविधा दिएकै छौं, लोडसेडिङ अन्त्य गरेर उद्योगीलाई धेरै सहयोग गरेका छौं,’ उनले भने ।

उनले प्राधिकरणले पाउनुपर्ने रकम असुल नगरेमा प्राधिकरणलाई ठूलो आर्थिक क्षति भएर वित्तीय रुपमा नै धरासायी हुने स्थिति बन्न सक्ने बताए । ‘अहिले हामी वार्षिक १०/१२ अर्ब रुपैयाँ नाफा गरिरहेका छौं, नगद प्रवाह राम्रो छ । हामीले प्राप्त गनुर्पे रकम बढ्दै गएको छ । यो रकम असुल गर्न सकिएन भने प्राधिकरण वित्तीय रुपमा ठूलो समस्यामा पर्न सक्छ, यसको प्रभाव अन्य विद्युत कम्पनीमा परेर लाखौं लगानीकर्ता डुब्न सक्ने स्थिति आउन सक्छ,’ उनले भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया