Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रवार विशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुर लगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको हो ।

लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने त्यस्ता घटनाको सन्दर्भमा गरिएको छानविन प्रतिवेदनमा प्रवेश नै नगरी दोषीलाई उन्मुक्ति दिँदा देशमा शान्ति सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने एमालेको रहेको आजको राजधानी दैनिकमा खबर छ । गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन धनको क्षतिबाट समग्र नेपाली समाज आहत भएको घटना ताजै छ ।

थरूहट आन्दोलनका क्रममा आन्दोलनकारीहरूले टीकापुरमा एक बालकसहित ८ सुरक्षाकर्मीलाई हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया