Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – युद्ध अपराधमा बेलायती अदालतबाट सफाई पाएका नेपाली सेनाका महासेनानी कुमार लामाले बिहीबारबाट सैनिक मुख्यालयमा काम थाल्नुभएको छ । उहाँ झन्डै ४ वर्षपछि काममा फर्कनुभएको हो ।

बेलायतमा युद्ध अपराध सम्बन्धी मुद्दामा सफाई पाएपछि लामा असोज ४ मा नेपाल आइपुग्नुभएको थियो । ‘उहाँले बिहीबारबाट सैनिक जंगी अड्डामा काम थाल्नुभएको हो,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भन्नुभयो । लामा फर्किए लगतै उहाँसँग सेनाको कानुनी पक्षले हेरेको थियो । कानुनी काम सकिएपछि उहाँले काम थाल्नुभएको कार्कीले भन्नुभयो । लामामाथि माओवादीको सशस्त्र द्वन्द्वका बेला कपिलबस्तुमा जनक राउत र करिम हुसेनलाई सन् २००५ मा यातना दिएको अरोप लगाइएको थियो ।

सन् १९८६ मा आर्मीमा भर्ती भएका लामाले सन् २००८ मा बेलायतको (स्थायी बसोबास अनुमति) पीआए लिनुभएको थियो । तर मुद्दा जिते लगतै उहाँले पीआए नदिने गरी नेपाली दूतावासबाट गृहमन्त्रालयलाई पत्र लेखिसक्नुभएको छ । लामालाई सन् २०१३ को जनवरीमा आफ्नो परिवार भेट्न जाँदा बेलायती प्रहरीले समातेको थियो । उहाँ त्यस बेला दक्षिण सुडानमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा खटिएका थिए र छुट्टी मनाउन बेलायत पुगेका पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया