Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको छ ।

नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । चीनका कार्यबाहक राजदूत हरिश्चन्द्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चिन्ता व्यक्त गरेको जानकारी दिनुभयो । nepal-china

‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ,’ उहाँले भन्नुभयो । हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको छ । पहिला गरेको सम्झौताको निरन्तरता केही भयो त ?

तातोपानी नाका खुलाउने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई पटकपटक आग्रह गर्ने गरेको जानकारी उनले भने, ‘नेपालको राजश्व संकलन हुने तेस्रो ठुलो नाका बन्द हुँदा नेपाल र चीन दुवैलाई ठुलो घाटा भइरहेको दुवैले बुझेका छन् । तर समस्या जस्ताको तस्तै देखिएको छ ।’

तपाईको प्रतिक्रिया