Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच बिहीबार भेटवार्ता भएको छ ।

भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा समान धारणा बनाएर अगाडि बढ्ने र मैत्री सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो । भेटका अवसरमा नर्वेका विदेशमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका बारेमा विशेष चासो राख्नुभएको थियो । उहाँले भूकम्पपछिको पुनःनिर्माण प्रक्रियाले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्दै नेपाल सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

यस्तै, परराष्ट्रमन्त्री डा महतसँग एसियाका लागि बेलायतका मन्त्री आलोक शर्माले पनि शिष्टाचार भेटवार्ता गर्नुभयो । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, व्यापार तथा व्यवसायको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । साथै, भूतपूर्व गोर्खा सैनिकको माग तथा समस्याका बारेमा समेत कुराकानी भएको थियो ।

यसै गरी, संयुक्त राज्य अमेरिकाका उपविदेश मन्त्री थोमस सान्नन् र परराष्ट्रमन्त्री डा महतबीच पनि बिहीबार भेटवार्ता सम्पन्न भयो । उक्त अवसरमा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया