Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन भेनेजुयलाबाट फर्कने क्रममा बुधवार राजधानीका सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो । असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिएर फर्कँदा अन्तर्राष्ट्रिय विमानस्थलदेखि कान्तिपथसम्मको सडक खाली गराइएको थियो ।

यसका कारण कार्यालय समयमा चक्रपथभित्रका सबैजसो सडकमा घन्टौँ जाम भयो । बिहान साढे नौ बजेदेखि १० बजेसम्मको समयमा सिनामंगलदेखि कान्तिपथसम्मको सडक उपराष्ट्रपतिको औपचारिक सवारीका कारण अस्तव्यस्त बनेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा भने उपत्यकाको सडक अस्तव्यस्त बन्ने गरेको छ ।

त्यसमाथि कार्यालय समयमा भिभिआइपीको सवारी हुँदा सडकमा यातायात अस्तव्यस्त बन्ने गरेका छन् । सुरक्षा दृष्टिकोणले विशिष्ट व्यक्तिहरूको आवतजावतमा विशेष सतर्कता अपनाउने गरिन्छ । तर, तिनै व्यक्ति अनौपचारिक कार्यक्रममा जाँदा सडक खाली गरिँदैन भने औपचारिक कार्यक्रमको क्रममा पुरै सडक खाली गरेर सर्वसाधारणलाई सास्ती दिइन्छ ।

यस्तो अवस्थाले राजतन्त्रको झल्को दिएको भन्दै सर्वसाधारणले आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया