Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – चीनको स्वशासित क्षेत्र तिव्वतस्थित नेपाली महावाणिज्यदूत गोविन्द कार्कीले तिव्वतका कम्युनिस्ट पार्टीका महासचिव वु यिङजेईसँग मंगलबार भेटवार्ता गर्नुभएको थियो ।

ल्हासास्थित वाणिज्यदूत पुरुषेत्तम ढुंगेलका अनुसार उक्त भेटमा महासविच बुले चीन केन्द्र सरकार र तिव्वतले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको बताउनुभएको थियो । ‘संविधान जारी हुनु नेपालका लागि ठुलो उपलब्धि हो,’ नेता चुले भेटमा भन्नुभयो । संविधान जारी भएपछि नेपालमा नयाँ राष्ट्रपति निर्वाचित  भएको खुसी व्यक्त गर्दै नेता चुले प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएको आजको अन्नपूर्णमा समाचार छ ।

‘आगामी दिनमा पनि नेपाल चीन सम्बन्ध अझै प्रगाढ हुने विश्वास लिएको छु ‘उहाँले भन्नुभयो । भेटमा महावाणिज्यष्दूत कार्कीले नेता बुलाई तिव्वतस्थित कम्युनिस्ट पार्टीको महासचिव नियुक्त भएकोमा बधाई दिनुभयो ।

तपाईको प्रतिक्रिया