Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – उपत्यकाका विभिन्न विद्यालयमा आज एका बिहानै बम विस्फोट भएको छ । राजधानीको बौद्धस्थित दुई विद्यालयमा आज बिहानै बम विस्फोट भएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा पनि बम विस्फोट भएको बौद्ध प्रहरीले जनाएको छ ।img_2409

विस्फोटबाट मानवीय क्षति भने भएको छैन । बम विस्फोट भएका स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै दक्षिण ढोका, जोरपाटी र ललितपुरको सानेपाका केही विद्यालयमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

शंस्कास्पद बस्तु रहेका अन्य विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउने प्रयास गरिरहेको बताइएको छ । यस बिषयमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया