Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आब्हान गर्नुभएको छ । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सन्देशमा उल्लेख छ । sambidhan-sabhaयस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयनलाई गति दिन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिँदै संविधान कार्यान्वयका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् । संविधानले सबैको अधिकार समेट्ने प्रयास गरेको तर केही नपुगेको भए पूरा गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

दिवसको अवसरमा सभामुख ओनसरी घर्ती, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले पनि शुभकामना दिनुभएको छ ।

तपाईको प्रतिक्रिया