Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउँदै छन् । Morcha

मोर्चा र गठबन्धनले काठमाडौँमा माइतीघर मण्डला र शान्तिवाटिकामा विरोध कार्यक्रम गर्ने भएका छन् । मधेसका जिल्लामा पनि विरोध कार्यक्रम हुनेछ । मधेसका जिल्लामा भने बेलुका ७ देखि ८ बजेसम्म व्ल्याकआउन गर्ने नेताहरूले बताएका छन् ।

काठमाडौँमा गर्ने भनिएको कार्यक्रमबारे मोर्चा र गठबन्धनबीच विवाद सिर्जना भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । गठबन्धनले १० दिनअघि नै रत्नपार्कको शान्तिबाटिकामा विरोधको कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

तर, गठबन्धनका अन्य केही दलले भने माइतीघरमा विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।

तपाईको प्रतिक्रिया