Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाउनुभएको थियो । थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘नियुक्तिको माइन्यूट हराएको थिएन। प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ,’ मुख्य सचिव सुवेदीले भन्नुभयो,‘ बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन ।’

तपाईको प्रतिक्रिया