Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गंगामाया अधिकारीसँग जिल्ला अदालतले आइतबार बयान लिएको छ ।

चितवन जिल्ला अदालतबाट आएका श्रेस्तेदार गेहेन्द्र पन्त र नासु नारायणप्रसाद सेढाईंले वीर अस्पतालमा गंगामायाको बयान लिएका हुन् । १७ वर्षे छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गत्ते चितवन रत्ननगरमा हत्या गरिएको थियो । झन्डै अढाई घण्टाको बयानमा गंगामायाले १३ जना आरोपितको नाम लिएको बयानमा उपस्थित अधिवक्ता आशिकराम कार्कीले बताउनुभयो । गंगामायाले छविलाल पौडेललाई मुख्य अभियुक्त तथा भीष्मलाल भनिने भीमसेन, जानुका, परशुराम, मेघनाथ पौडेलका साथै कालीप्रसाद, सीता, रामप्रसाद र हिमलाल अधिकारीलाई संलग्नका रूपमा बयानमा उल्लेख गरेकी आजको कान्तिपुर दैनिकमा खबर छ ।

उनले रुद्र आचार्य, सुभद्रा र विष्णु तिवारी र रामप्रसाद अधिकारीको पनि नाम लिएकी छन् । उनले नाम लिएकामध्ये रुद्र आचार्य फरार छन् । दिउँसो २ बजे कृष्णप्रसादलाई अपहरण गरेर लगेको र त्यही रात ८ बजे चितवन रत्ननगर बकुलहर चोकमा गोली हानी हत्या गरिएको गंगामायाले बताएकी छन् । गंगामायाकी देवरानी सीता अधिकारी मुख्य आरोपित छविलालकी भान्जी पर्छिन् ।

सीताले जेठानी गंगामायासँग अंश माग्दा उनले पहिले नै छुट्टिएकाले फेरि माग्न नहुने भनेकाले त्यसकै रिसइबी साँध्न कृष्णप्रसादलाई निसाना बनाइएको गंगामायाको भनाइ छ । कृष्णप्रसादको हत्या तत्कालीन माओवादीका गाउँसरकार प्रमुख छविलालले अन्य माओवादी कार्यकर्ताको सहयोगमा गरेको उनले बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया