Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – असोज १५ गतेबाट सुरु हुने दसैँका लागि काठमाडौँबाट मुलुकभरका विभिन्न गन्तव्यसम्म पुग्ने सवारी यात्रुका लागि अग्रिम टिकट बुकिङ शुक्रवारबाट खुल्ने भएको छ ।

आइतबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकाय र विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरुबीच भएको बैठकले आगामी शुक्रवार अर्थात् असोज ७ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । Ticket bokking

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले व्यावसायीहरुको आग्रह एवं सुझावअनुसार आगामी शुक्रवारबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको बताउनुभएको आजको राजधानी दैनिकमा खबर छ । उहाँले यसपालिको दसैँका लागि काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकट बुकिङ सुरु हुने जनाउनुभयो ।

यसैबिच सरकारले एसी र सुपर डिलक्स बसको भाडा थप २० प्रतिशत बढाएको छ ।

तपाईको प्रतिक्रिया