Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सर्वोच्च अदालतले केही दिनमा भ्रष्टाचारका मुद्दालाई विशेष प्राथमिकता दिई पेसीमा चढाएको छ । यही भदौ २६ र २७ गते मात्र १ सय १४ थान भ्रष्टाचारका मुद्दाहरू पेसीमा चढेको पाइएको हो ।

त्यसमध्ये कतिपय मुद्दामा सम्बन्धित निकायमा बुझ्ने आदेश भएका छन् भने कतिपय मुद्दाहरू पक्ष वा विपक्षले सुनुवाइ गर्न असमर्थता जनाई स्थगित गरेको सर्वोच्च अदालतको रेकर्डबाट थाहा भएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यही भदौ २६ गते न्यायाधीशहरु केदारप्रसाद चालिसे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासमा ९ थान भ्रष्टाचारका मुद्दा पेसी चढेको भए पनि ८ थान मुद्दा विपक्षको तर्फबाट स्थगित गराइएको थियो ।

तपाईको प्रतिक्रिया