काठमाडौँ – गुट उपगुटमा विभाजित नेपाली काँग्रेसभित्र कायम रहेको १३ औँ महाधिवेशनपछिको समीकरण विभाजित हुँदै गएको छ ।
पार्टीको प्रभावशाली भातृ सङ्गठनको महाधिवेशन सुरु भएसँगै सभापति शेरबहादुर देउवाले भित्रिया गुटका नेतालाई बढी प्राथमिकता दिएको भन्दै देउवा पक्षका प्रभावशाली नेताहरू छुट्टै गुट बनाउने गृहकार्यमा लाग्नुभएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । १३औं महाधिवेशनअघि काँग्रेसभित्र कोइराला र देउवा दुई गुट मात्र थियो । त्यतीबेला संस्थापन पक्षका कोइराला समूहले ६० प्रतिशत र देउवा समूहले ४० प्रतिशतको भागबण्डामा पार्टीभित्रको आन्तरिक व्यवस्थापन गरिन्थ्यो ।
तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो । पार्टीको महाधिवेशनमा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि प्रभावशाली गुट बनाउनुभएको थियो ।