Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो ।

परराष्ट्र मन्त्रालयले भ्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छ भने भारतीय विदेश मन्त्रालयले भ्रमण हुने सामान्य जानकारी दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीमती सीता दाहाल भदौ ३० देखि २ असोजसम्म भारतको राजकीय भ्रमणमा हुुनुहुनेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्डले हाम्रा प्रधानमन्त्रीसँग ३१ भदौमा कुराकानी गर्नुहुनेछ भने राष्ट्रपतिजीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।’ prachanda

भारतले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि दुई देशबीच सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरेको छ । ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणले आपसी हित र चासोका विषयमा छलफल गर्ने मौका प्रदान गर्नेछ, साथसाथै दुई देशबीचको व्यापक क्षेत्रहरूमा रहेको सदीऔँ पुरानो निकट र मित्रवत् सम्बन्ध थप सुदृढ उपायको खोजी गर्नेछ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार प्रधानमन्त्रीको राजकीय भ्रमण हुनेछ । राष्ट्रपतिका अतिथिका रूपमा राष्ट्रपति भवनमा बस्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगेकै साँझ नेपाली दूतावासद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका कार्यकर्तासँग भेटवार्ता गर्नुहुनेछ ।

सोही दिन भारतका बुद्धिजीवी, सांसद लगायतसँग प्रचण्डको भेट हुनेछ । प्रधानमन्त्रीका सबै उच्चस्तरीय भेटवार्ता ३१ भदौमा हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई शुक्रवार राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ दिनेछ । उनले भारतीय समकक्षी नरेन्द्रमोदीसँग हैदाराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन साँझ उनको राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नेछन् भने राष्ट्रपति विद्या भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दोर्होयाउनुहुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया