Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – गत वर्षको नाकाबन्दी पछि दुई देशबीच सम्बन्ध चिसिएका बेला ७ वर्षमा नवीकरण हुने नेपाल–भारत व्यापार सम्झौता जस्ताको तस्तै पारित हुने भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

दुवै देशले हालसम्म संशोधन प्रस्ताव नराखेका कारण कुनै फेरबदरबिनै पारित गर्ने तयारी छ । सम्झौताको म्याद सकिन डेढ महिनामात्रै बाँकी हुँदा पनि दुवै देशबाट संशोधन परेको छैन । ‘सन्धि स्वचालित रूपमै नविकरण हुन्छ, हाल सन्धिमा जे छ त्यही नै हुन्छ’, वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता रविशंकर सैंजुले भन्नुभयो,‘तत्काल संशोधनको कुनै योजना छैन ।’

सैंजुका अनुसार परिमार्जन आवश्यक भए म्याद सकिनु ३ महिना अगाडि आशयपत्र एकअर्कालाई बुझाउनु पर्ने हुन्छ । आशयपत्र नभए स्वतः नविकरण हुन्छ ।

तपाईको प्रतिक्रिया