Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – राजधानीमा निर्माण भई सञ्चालनमा आएकामध्ये १२ वटा अपार्टमेन्टले बस्नका लागि योग्य रहेको अनुमति पाएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय काठमाडौँले ती अपार्टमेन्टलाई अनुमति दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । f9554d4aec9a5a592d8bfdcdac98d7d3

१२ वैशाख २०७२ मा गएको भूकम्पपछि अहिलेसम्म गरिएको विस्तृत क्षति मूल्याङ्कन अन्तर्गत सबै परीक्षणमा पारित भएका अपार्टमेन्टलाई बस्नका लागि योग्यको स्वीकृति दिएको डिभिजन कार्यालय काठमाडौँका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीले जानकारी दिनुभयो । ‘बस्नका लागि स्वीकृति पाएका सबै अपार्टमेन्टलाई आवश्यकता अनुसार मर्मत, पुनर्स्थापना र रेट्रोफिटिङ गरी देखिएको कमजोरी सुधार्दै भूकम्पप्रतिरोधी मापदण्ड पुरा गराएका छौ,’ उहाँले भन्नुभयो ।

सरकारले अहिलेसम्म ५६ वटा अपार्टमेन्टलाई निर्माणको स्वीकृति दिएको छ । त्यसमध्ये ५ वटा निर्माणाधीन छन् । बाँकी ५१ वटा प्रयोगमा आइसकेका छन् । ती मध्ये ३९ वटा पुनर्निर्माणको क्रममा छन् ।

बस्नकालागि योग्य अपार्टमेन्टमा ,धुम्बाराही अपार्टमेन्ट (ओरिन्टियल) – धुम्बाराही, दी कम्फर्ट (टिसिएच) – लाजिम्पाट, भाटभटेनी अपार्टमेन्ट – भाटभटेनी लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया