काठमाडौँ – नेपालमा भारतीय नाकाबन्दीका बेला ‘चाइना तिर जाम’ भन्ने गीतबाट चर्चा कमाएका गायक तथा सर्जक यूवराज छन्तयालले ‘लास्टै टेन्सन भो’ लिएर आएका छन् ।
समाजको यथार्थ विषयवस्तुलाई ब्यग्यांत्मक शैलीबाट गीत गाउन माहिर छन्त्यालले लास्टै टेन्सन भो मा पनि त्यस्तै विषयवस्तुलाई उठान गरेका छन् । आफ्नै लय शब्द तथा स्वरमा सार्वजनिक गरिएको गीतमा पछिल्लो समय छोटा लुगालाई मात्र मन पराउन थाले भन्ने भाव प्रस्तुत गरिएको छ । अहिलेको नेपाली समाजका दौरा, सुरुवाल, चोली, सारी भन्दा पनि मिनिस्कर्ट र काटेर पाईन्टहरु लाउनेलाई हेर्न थाले र त्यसैअनुरुप फेसन बढ्यो भन्ने ब्यंग्यात्मक शैलीबाट भनिएको छ ।
यद्यपि गीतका पछिल्ला टुक्काहरुमा भने यस्तो संस्कारलाई तोड्नुपर्ने सन्देश पनि दिइएको छ । प्रस्तुत गीतको स्वरमा चर्चित गायिका देवीका केसीले छन्तयाललाई साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा चर्चित नृच्य निर्देशक शंकर बिसी र रश्मी तामाङ्गलाई ग्लामरस रूपबाट देखाईएको छ ।
यसअघि गायक छन्त्यालले जहाजै चढेर, बुर्तिबाङ्ग जाने हो, सालैजो पोखराको बजारमा लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् भने केही समयमै फेसबुकले हाम्रो भेट गरायो भन्ने गीत पनि ल्याउँदै छन् । हाल कतारमा रहेका छन्त्याल गीत प्रोमोशनको लागि स्टेज कार्यक्रमहरूमा व्यस्त छन् ।
भिडियो हेर्नुहोस् :