Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – दिब्रुंग समाज जापानको प्रथम अधिवेशनले कुलानन्द गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । गुल्मी, दिब्रुंगका गौतमलाई सर्व सहमतिले चयन गरेको हो ।

बुधवार टोकियो स्थित नेपाली रेस्तौरांत फुलबारीमा, विभिन्न पेसा, व्यवसायको सिलसिलामा जापान आई बसेका दिब्रुंगबासिहरुको साझा संस्था दिब्रुंग समाज जापानको प्रथम अधिवेशन सम्पन्न भएको हो । समितको उपाध्यक्षहरुमा मोति लाल गौतम, मीन प्रसाद खरेल, सचिवमा राजेन्द्र खरेल, सह–सचिवमा जीवन खरेल, कोषाध्यक्षमा दयाराम खरेल, सह–कोषाध्यक्षमा पर्शुराम खरेल चयन हुनुभयो । 14269655_1650337885277444_359028006_n

यसै गरी, सदस्यहरूमा रेसम खरेल, झबिन्द्र खरेल, कृष्ण खरेल, माधव खरेल, बाबुराम गौतम, धन बहादुर के.सी , हिमलाल गौतम, जमुना खरेल, बिमला गौतम,हरिकला खरेल, कमला खरेल, मिनप्रसाद (दीपक) खरेल, नेत्र बहादुर खराल, लाल बहादुर खरेल, गोकुल खरेल, विजय के.सी रहनुभएको छ । कार्यक्रमले दिब्रुंग बासिहरु एकजुट भई दिब्रुंगको धार्मिक, पर्यटकिए तथा सामाजिक विकासमा सकिने सहयोग गर्ने र जापानमा दिब्रुंग बासिहरुलाई संगठित गर्दै लैजाने समेत छलफल समेत गरेको छ ।

कार्यक्रमका प्रमसख अतिथि तथा गुल्मेली समाज जापानका अध्यक्ष सालिकराम भण्डारीले दीप प्रजलन गरी कार्य्रक्रमको शुभारम्भ गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तैगरी कार्यक्रममा एनआरएन जापानका निवर्तमान अध्यक्ष रोशन के.सी, गुल्मेली समाज जापानका सल्लाकार बाबुराम भण्डारी, वामी सेवा समाज जापानका सल्लाकार सुरेश के.सी लगायतका अतिथिहरुको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया