Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

कास्की – कास्कीको लेखनाथमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।

लेखनाथ ४ खरानी फाँटमा पहिरोले २ वटा घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ वर्षका निसान सुनार, १० वर्षका रजिना सुनार, ८ वर्षका अन्जीला सुनार र ४ वर्षका सल्मान सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोमा परी अन्य २ जना घाइते भएका छन् । उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया