Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो –  नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवाः अर्गनाईजेशनको एसिया प्यासिफिक पहिलो क्षेत्रीय सम्मेलनमा एक लाख रुपियाँको WNO मचा सिरपा (बाल बालिका पुरस्कार) घोषणा हुने भएको छ । यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा हुने कार्यक्रममा उक्त घोषणा गर्न लागिएको हो । 14199251_1773800782882346_5981182988048981207_n

बच्चाहरुलाई मातृभाषामा पढाउनु पर्छ भन्ने उद्देश्य लिई गत ८ वर्ष देखि अगाडी बढी रहेको ‘नेवाः बस्ती नेवाः स्कुल अभियान’ को अवधारणालाई समर्थन र सहयोग गर्ने उद्देश्यले सुनिल कुमार शाक्यको संयोजकत्वमा ‘WNO मचा सिरपा’ को घोषणा हुने भएको हो । नेपालभाषा पढ्ने बच्चाहरुको लागि विभिन्न विधामा दिइने यस पुरस्कारमा रु. एक लाख बराबरको रकम प्रत्येक वर्ष विशेष कार्यक्रम गरी प्रदान गरिनेछ । उक्त मचा सिरपालाई नेपाल, जापान, नेदरल्याण्ड र अमेरिकाबाट विभिन्न व्यक्तिहरूले आर्थिक रकम सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सहयोग गर्न अन्य इच्छुक साथीहरूले वर्ल्ड नेवाः अर्गनाईजेशन जापानमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । अभियानका संयोजक दीपक तुलाधरका अनुसार नेपाल भाषामा बयस्कको लागि थुप्रै पुरस्कारहरु भए पनि बच्चाहरुको लागि खासै पुरस्कार नभएको भन्दै बच्चालाई पनि आफ्नो मातृभाषा र संस्कृति प्रति आकर्षित गर्नको लागि यस्तो पुरस्कारको आवश्यकता भएको कुरा बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया