Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – संयुक्त अधिराज्यमा यातनासम्बन्धी मुद्दा खेपिरहनु भएका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाउनुभएको छ ।kumar-lama

बेलायती अदालतले मङ्गलवार पर्याप्त प्रमाण आधारबिना मुद्दालाई थप अघि बढाउन नसकिने निर्णय गरेको बेलायतस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै परराष्ट्र सचिव शकंरदास वैरागीले जानकारी दिनुभयो । मुद्दाको सुनुवाइ गर्दै आएको बेलायती अदालतले महासेनानी लामाविरुद्धको मुद्दामा पर्याप्त प्रमाण नपुगेकाले उहाँको पक्षमा फैसला सुनाएको बताइएको छ ।

सशस्त्र द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्ने उजुरीका आधारमा महासेनानी लामा तीन वर्षअघि बेलायतमा परिवार भेट्न जाँदा पक्राउ पर्नुभएको थियो । बेलायतले उहाँविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दामा कारबाही अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया