Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – विश्वकप फुटबल छनोट चरण अन्तर्गत सोमबार राति भएका खेलमा ईटाली र स्पेन विजयी भएका छन् ।Soccer WCup 2018 Spain Liechtenstein

समूह ‘जी’ को खेलमा ईटालीले इजरेललाई ३–१ ले हरायो । खेलमा ईटालीलाई विजयी गराउन ग्रेजियानो पेला, एन्टोनियो कान्द्रेभा र सिरो ईमोबाईलले एक–एक गोल गरे । यही समूहको अर्को छनोट खेलमा स्पेनले लिचेस्टेनलाई ८–० ले हरायो । खेलमा स्पेनलाई विजयी गराउन डिएगो कोष्टा, डेभिड सिल्भा र अल्भारो मोराटाले दुईरदुई गोल गर्दा सर्जी रोबेर्टो र भिटोलोले एक–एक गोल थपे ।

जितसँगै स्पेनले विश्वकप छनोटको समूह ‘जी’ मा सुरुवाती अग्रता लिएको छ । यस्तै विश्वकप फुटबल छनोट अन्तर्गत समूह ‘डी’ को खेलमा वेल्सले माल्दोभालाई ४–० ले हरायो भने अष्ट्रियाले जर्जियालाई २–१ ले हरायो । यसै गरी सर्विया र आयरल्याण्डले २–२ गोलको बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया