Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

नेदरल्याण्ड – नेदरल्याण्डमा भएको एम्बेसी फेस्टिभल नामक अन्तर्राष्ट्रिय मेलामा स्थानीय नेपालीहरूले नेपालको उत्साहजनक उपस्थिति गराएका छन् ।  3

संसारका ४३ भन्दा बढी देशहरूको सहभागितामा यही ३ सेप्टेम्बरको दिन नेदरल्याण्डको द हेग सहरमा आयोजना भएको यस कार्यक्रममा नेपालले प्रथमपटक उपस्थिति जनाएको हो । नेपाली राजदूतावास बेल्जियम, एनआरएनए संस्कृति सम्पदा भाषा तथा साहित्य प्रवर्द्धन समिति, नेदरल्याण्डका लागि नेपाली कन्सुलेट, एनआरएनए नेदरल्याण्ड, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास, लालिगुरास,हिमचुली कला केन्द्र, नेदरल्याण्डका नेपाली व्यवसायीहरु, नेपाली सोसाइटी द हेग लगायतका संघ–संस्था र नेदरल्याण्डमा रहेका नेपालीहरूको संयुक्त पहलमा भएको उक्त अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपालको सांस्कृतिक प्रस्तुतीहरु तथा रमणीय भौगोलिक अवस्था झल्काउने विभिन्न सामाग्रीहरू प्रस्तुत गरिएका थिए ।

झन्डै ३० हजारको हाराहारीमा विदेशीहरुबाट अबलोकन गरिएको भनिएको यस मेलामा नेपाली हस्तकलाका सामाग्रीहरुका साथमा नेपाली खानाका परिकार तथा अन्य सामाग्री सहितका नेपाली स्टलहरु र नेपाली सांस्कृतिक कार्यक्रमहरुले सबैको आकर्षणको केन्द्र बनाएको थियो । पहिलोपटक भए पनि यस विशाल मेलामा नेपालको सहभागिता निकै शानदार रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 2

नेपालको आर्थिक उन्नतिमा टेवा पुर्‍याउन नेपाली उत्पादनको विश्वव्यापी बजार बिस्तार गर्ने नेपाल सरकारले अवलम्बन गर्दै आएको आर्थिक कुटनैतिक नीतिलाई सहयोग पुर्‍याउन यो मेलामा भएको नेपालको दरिलो सहभागिता निकै नै उपयोगी ठानिएको छ ।

तपाईको प्रतिक्रिया