Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म हुने भएको छ ।

यसअघि भदौ २४ देखि २६ गतेसम्म पोखरामा हुने मिति तोकिए पनि तयारी नपुगेको जनाइएको छ । हालसम्म ६० जिल्लाको मात्र अधिवेशन भएको र निर्धारित मितिमा बाँकी जिल्लाको अधिवेशन गर्न समय अपुग हुने भएकाले महाधिवशेन मिति सार्नुपरेको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । काँग्रेसको तरुण दल महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग पुर्‍याई आवश्यक निर्देशन समेत दिन केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरिएको छ ।Tarun-Dal

समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शकंर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसाईं, महेन्द्र यादव र विश्वप्रकाश शर्मा सदस्य रहनुभएको छ । काँग्रेसमा तरुण दललाई नेपाल विद्यार्थी सङ्घपछिको प्रभावशाली भ्रातृ संस्था मानिन्छ । पार्टीले हालसम्म १३ भ्रातृ र १७ शुभेच्छुक संस्थालाई मान्यता दिएको छ । दुई काँग्रेस एकीकरणपछि विसं २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिको हालसम्म महाधिवेशन हुन सकेको छैन ।

तरुण दलको आगामी नेतृत्वका लागि हालसम्म ऐम गुरुङ, राधा घले, जन्मजय तिमिल्सिना, नारायण भट्टराई, दामोदर कोइराला, कर्ण मल्ल, टेकराज पौडेल, लक्ष्मी खतिवडा, उत्तम चापागाईं, निरञ्जन केसी, नागेश्वर यादव, पदम पालङ्गवा, खिममान रायमाझी, मेदिनी सिटौला, पूर्ण गुरुङ लगायत आकांक्षी देखिनुभएको छ । तरुण दलको हालको विधानानुसार मुलुभरबाट महाधिवेशनमा एक हजार तीन सय ७० प्रतिनिधि रहनेछन् ।

हाल केन्द्रीय समिति ४५ सदस्यीय छ भने विधानमा ६१ सदस्यीय समिति रहने प्रावधान छ ।

तपाईको प्रतिक्रिया