Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याक्टर  एक आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जाबुलका प्रशासक बिस्मिल्लाह अफगानमलले कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रुवाहक बस इन्धन ट्याक्रसँग ठक्कर खाएको बताउनुभयो । उहाँले दुर्घटनामा ३५ व्यक्तिको मृत्यु भएको तथा अन्य २० घाइते भएको जानकारी दिनुभयो । दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको उहाँले उल्लेख गर्नुभयो ।

जाबुलका प्रहरी उपप्रंमुख गुलाम जिलानी फराहीले केही घाइतेलाई प्रान्तीय केन्द्र कलात तथा छिमेकी कान्दाहार प्रान्तका अस्पताल लगिएको बताउनुभयो । यस मुलुकमा सञ्चालनमा आएका धेरै यात्रुवाहक गाडी थोत्रा छन् र यातायात दुर्घटनामा उच्च क्षति हुनु यहाँ सामान्य मानिन्छ । –एजेन्सी

तपाईको प्रतिक्रिया