Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सहजतापूर्वक कार्यान्वयनका लागि नै संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो,‘संविधानप्रति सबैको अपनत्व गराई सहज कार्यान्वयन गर्न संशोधन गर्न लागिएको हो, संशोधनमा राजनीतिक सहमति कायम गरिनेछ, यसमा तराई मधेसलगायतका असन्तुष्ट पक्षका मागलाई सम्बोधन गरिनेछ ।’ राजधानीमा शनिवार पत्रकारहरुको छलफलमा उपप्रधानमन्त्री निधिले संविधान संशोधनका विषयमा सबै राजनीतिक दलका शीर्ष नेतृत्वमा गहनरुपमा कुराकानी भइराखेको र छिट्टै निकास निस्कनेसमेत जानकारी दिनुभयो । bimlendra-nidhi

शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने, संविधान संशोधन गरी सबैलाई ग्राह्य बनाउने र तीनै तह (स्थानीय, प्रदेश र केन्द्रीय संसद्) को निर्वाचन गराउनु नै वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको उहाँले चर्चा गर्नुभयो । यी तीनै मुख्य कार्यभार पूरा गर्न नै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का बिच सातबुँदे सहमति भएको हो, यो कार्यभार वर्तमान सरकारले पूरा गर्छ र यी कार्यभार पूरा नहुञ्जेलसम्म नेका र केन्द्रका बिचमा सहकार्य जारी पनि रहन्छ निधिले भन्नुभयो ।

उहाँले शान्ति सुरक्षाको अवस्थालाई अझ सुदृढ बनाई जनताको जीउ धन रक्षा गर्न आफ्नो मन्त्रालयले कार्ययोजना बनाई काम सुरु गरिसकेको चर्चा गर्दै यसको अनुभव जनताले छिट्टै महसुस गर्ने उल्लेख पनि गर्नुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले आफ्नो भारत भ्रमणका क्रममा द्रुतमार्ग (फास्ट ट्रयाक) बारेमा ‘फ’ समेत उच्चारण नभएको जवाफ दिनुभयो ।

उपप्रधानमन्त्री निधिले चीन र भारतका राष्ट्रपति एवम् प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने जानकारी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया