Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले प्राज्ञिक क्षेत्रको मर्यादा राख्न र जीवनोपयोगी शिक्षाको विकास र विस्तारका लागि वर्तमान सरकार लागि परेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा लोकतान्त्रिक प्राध्यापक संघका प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले विश्वविद्यालयहरुलाई व्यवस्थित र मर्यादित कसरी बनाउने भन्ने बारेमा शिक्षा मन्त्री र सबै सरोकार भएका पक्षसँग छलफल गर्ने बताउनुभयो । प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर समावेशी आधारमा विश्वविद्यालयहरुलाई अगाडि बढाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने र आवश्यक निर्देशनसमेत दिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालयको अवस्था र उनीहरूको कार्यक्रमबारे समेत आफूले अध्ययन गरिरहेको बताउनुभएको थियो । सङ्घका अध्यक्ष उदय तिवारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विश्वविद्यालयहरुको शैक्षिक सुधार, क्षमताअनुसारको जिम्मेवारी तथा अनुसन्धान केन्द्रहरुलाई व्यवस्थित बनाउनुपर्ने, बदलिँदो परिवेशअनुसारको नेतृत्व र जिम्मेवारी दिनुपर्ने, पूर्ण शैक्षिक वातावरण बनाउनुपर्ने तथा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने लगायतका माग प्रधानमन्त्रीसँग राखेको अध्यक्ष तिवारीको भनाइ छ ।

यस्तै, गरिब जनताका छोराछोरीले सहजरुपमा शिक्षा पाउनुपर्ने भएकाले त्यसका लागि सरकारले थप लगानी गर्नुपर्ने मागसमेत सङ्घले प्रधानमन्त्रीसँग राखेको थियो ।

तपाईको प्रतिक्रिया