Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

दमौली – वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले वन जंगलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । Shankar bandari

तनहुँस्थित विमलनगर सिद्धगुफा विकास समितिद्वारा आयोजित स्वागत एवम् बधाई कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कुल भू–भाग ओगटेको ४४ प्रतिशत वन जङ्गललाई संरक्षण र सम्बद्र्धन गर्न सबै लाग्नुपर्नेमा जोडदिदैं विकास निर्माणका काममा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

स्थानीय निकाय पुनःसंरचनाका लागि आयोगले सिफारिस गरेका ५६५ मा पुनःविचार गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘नगरपालिका र गाउँपालिकालाई सानो संख्यामा पुनःसंरचना गर्दा जनतालाई विभिन्न किसिमका असुविधा हुन सक्छन्, त्यसैले आयोगले त्यस तर्फ बेलैमा ध्यान पुर्‍याउनुपर्छ ।’ मन्त्री भण्डारीले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गर्न वर्तमान सरकार कट्टिवद्ध भएर लागेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया