Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवम् शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ ।

सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको प्रस्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले भन्नुभयो, ‘संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।’ 1472891047236_RoS_KTM_160903_IMG_0011

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक विदेश जानुभएका देउवाले आफू नितान्त स्वास्थ्य उपचारमा गएकाले कसैसँग राजनीतिक भेटघाट नगरेको पनि बताउनुभयो । तपाईहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट रु दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको ? भन्ने सञ्चारकर्मीको अर्काे जिज्ञासामा उहाँले भन्नुभयो ‘अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ , म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’

पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिनुभयो । सभापति देउवा उपचारका लागि यही भदौ १० गते धर्मपत्नी आरजु देउवाका साथ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया