मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पर्याएका थिए ।

रुकुम, रुघा–४ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुरयाएका थिए ।

मेडिकल संचालकले बच्चा नरोएको, नचलेको, शरिर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए ।

उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थिए ।

 

तपाईको प्रतिक्रिया