Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

म्याग्दी – गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिह गुरुले जानकारी दिनुभयो । राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कबिहिन बनेका छन् । बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ ।

बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो । अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।यसैबीच नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ । बाढीको विस्तृत क्षतिको विवरण सकंलन भइरहेको छ ।

तपाईको प्रतिक्रिया