Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – जेष्ठ नागरिकहरूको समस्या समाधान र जेष्ठ नागरिक मैत्री समाज निर्माणका लागि २०६९ सालमा स्थापना भएको जोरपाटी जेष्ठ नागरिक समाजले दोस्रो साधरण सभा सम्पन्न गरेको छ ।2

साधरण सभाका क्रममा संस्थाले नियमित वार्षिक कार्यक्रम अन्र्तगत १५ जना जेष्ठ नागरिकलाई सम्मान पनि गरेको छ । युवाहरूलाई नैतिकवान बनाउन आफ्ना आमा बाबुको सेवा स्यहाहार गर्ने ५ जना छोरा बुहारीलाई समेत सम्मान गरेको छ । यसले जेष्ठ नागरिकमा उत्साहजनक स्थिति सिर्जना गर्ने र समाजका अन्य नागरिकमा जेष्ठ नागरिक सम्मान गर्ने परिपाटीको विकास गर्न प्रेरणा दिने संस्थाले विश्वास गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित काठमाडौँ ३ का सांसद रामेश्वर फुयालले जेष्ठ नागरिक आफ्नो उमेरमा देश र समाजका लागी महत्त्वपूर्ण योगदान पुर्‍याएकाले उनीहरूलाई उचित देखदेख र सम्मानका लागी सबै पक्षले जिम्मेवारपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष शिवप्रसाद पौडेलले संस्थाका वार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका योजनामा साथ दिन सबै पक्षको आग्रह गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया