Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

चितवन – चितवनको कालीखोलामा पहिरो खसेर आज बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ । राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ । सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो । पहिरोका कारण चितवनबाट काठमाडौ र पोखरा जाने आउने सयौँ सवारी बिच बाटोमै रोकिएका छन् ।

पहिरो हटाउन केही समय लाग्ने जनाइएको छ । यही कालीखोलामा अघिल्लो साता सडकको जीर्ण अवस्थाका कारण एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो । नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले खनेको स्थानमा सामान्य पानी पर्दासमेत पहिरो खस्दै आएको छ ।

तपाईको प्रतिक्रिया