काठमाडौँ – चलचित्र ‘घामपानी’ को घोषणा गरिएको छ । बुधवार काठमाण्डौको मण्डला थिएटरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अन्तरजातिय कथामा चलचित्र बन्न लागेको जानकारीसँगै घोषणा गरिएको हो ।
चलचित्रले नेपाली समाजमा विद्यमान जातीय विभेदका कारण विभिन्न सामाजिक, पारिवारिक, मनोवैज्ञानिक द्वन्द्व र यसले निम्त्याएका घटनाहरू समेट्ने बताइएको छ । सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको छायांकन असोज ६ गतेबाट सुरु हुनेछ । फिल्मलाई दिपेन्द्र लामाले लेखेका हुन् भने स्वयम आफैले निर्देशन पनि गर्नेछन् ।
चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, बुद्धि तामाङ, अरुणा कार्की लगायत कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र ध्वज कार्कीको छायांकन, कालिप्रसाद बास्कोटा र चन्द्रकुमार श्रेष्ठको सङ्गीत रहनेछ ।
चलचित्रमा कार्कीसँगै ओम गुरुङ, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहनेछ ।