Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा काँग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन् । सरकारलाई समर्थन भने १६ दलले गरेका छन् ।Pmo-Office

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन् । फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकार बाहिरै छ । साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम लोकतान्त्रिक जाने सम्भावना कम छ । प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये अहिले बाँकी चार मन्त्रालयमा साना दलका नेताहरू मात्र जान सक्ने अवस्था रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । तर, एक–दुई सिट भएका साना दललाई मन्त्रालय दिने–नदिनेमा प्रधानमन्त्री अनिर्णीत छन् ।

‘प्रधानमन्त्रीले बाँकी चार मन्त्रालयमा कुन पार्टीका कसलाई मन्त्री दिने भन्नेमा अहिले खासै छलफल गर्नुभएको छैन,’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध दलहरू तत्काल सरकारमा जाने मनस्थितिमा छैनन् । उनीहरूले संविधान संशोधनपछिको चुनावी सरकारमा भने सहभागी हुनसक्ने बताएका छन् ।

मोर्चामा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भन्नुभयो, ‘मधेसी मोर्चा सरकारमा सहभागी हुने सम्भावना छैन ।’ अहिले खाली रहेका चारवटा मन्त्रालय पनि मोर्चाका लागि पर्याप्त छैनन् । भने, ‘तत्काल मन्त्रिपरिषद् विस्तार भइहाल्छ भन्ने देखिएको छैन ।’

तपाईको प्रतिक्रिया