Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – क्रिकेट खेलाडीका रूपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौ जना गैरखेलाडीले काठमाडौँ फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ । १५ दिनको भिसासहित जापान लगिएका उनीहरू जापानमै भासिएको मंगलबार ४७ दिन बितेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मङ्गलवारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ ।

गत जुलाईमा जापानमा आयोजना भएको होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ लागेको थियो । त्यसमा सातजना क्रिकेटर, दुईजना पदाधिकारी र नौजना गैरखेलाडी थिए । टोलीमा समावेश सातजना क्रिकेटर र दुईजना पदाधिकारी यसअघि नै नेपाल फर्किसकेका छन् ।

यी हुन जापानमै लुकेका गैरखेलाडी
रामसुर बुढा
सञ्जिव बुढा
रोमी सरङकोटी राना
सूर्य बानियाँ
नरेन्द्र बुढा
सुन्दरकुमार ओली
श्यामकुमार पुन
डेन्डी शेर्पा
लक्ष्मण छन्त्याल

तपाईको प्रतिक्रिया