Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – सरकारले सामुदायिक कलेजहरुलाई बर्सेनि करोडौं रकम अनुदान दिइरहे पनि यसको समग्र नतिजा भने निरासाजनक देखिएको छ । विश्वविद्यालय अनुदान आयोगले देशभरका सार्वजनिक क्याम्पस सञ्चालनका लागि अनुदान दिइरहेको छ ।

तर, अनुदान पाएका अधिकांश कलेजहरु धराशायी  बन्दै गइरहेको छ । आयोगका अनुसार अनुदान लिए पनि विद्यार्थी अभाव र खराब व्यवस्थापनका कारण अधिकांश सामुदायिक कलेज बन्द हुने अवस्थामा पुगेका छन् । आयोगले गरेको अध्ययनले देशभर सञ्चालन भइरहेका ९० प्रतिशत सामुदायिक कलेजको अवस्था धारासायी रहेको पाइएको आजको कारोबार दैनिकमा खबर छ ।

सरकारले सामुदायिक कलेजका लागि विगत ३ वर्षमा मात्र १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरिसकेको छ । आयोगले नियमित र भौतिक विकास अनुदान शीर्षकमा लगानी बढाउँदै लगे पनि ९० प्रतिशत सामुदासियक कलेज विद्यार्थी अभाव झेलिरहेका छन् ।

तपाईको प्रतिक्रिया