Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन् । यहीबीच सरकार पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ । भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । Bhumpak

आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले जानकारी दिनुभयो । ‘पीडितलाई कतिसम्म अनुदान दिने भन्ने तय गर्न कार्यविधि बन्दै छ,’ ज्ञवालीले भन्नुभयो, ‘जसको घर बनाउन जग्गा उपयुक्त छैन उनीहरूलाई जग्गा किन्न अनुदान दिन लागिएको हो ।’

आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई अर्को घर बनाउने घडेरी खरिदका लागि दुई लाख रुपैयाँसम्म अनुदान दिने गरी कार्यविधि बनाउन लागिएको छ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि त्यस्ता पीडितलाई जग्गा किन्न अनुदान वितरण सुरु हुने ज्ञवालीले जानकारी दिनुभयो ।

भूकम्पले आंशिक क्षति भएका पीडितले घरको रेट्रोफिटका लागि ५० हजार रुपैयाँ पाउने भएका छन् । यसका लागि कार्यविधि तयार भइरहेको सिइओ ज्ञवालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया