Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रचण्ड प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा सङ्कलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । Jel

त्यसमा तिमल्सिनालाई दोषी ठहर गर्दै हदालतले ब्लडमनीबापत पीडित परिवारलाई तीन लाख साउदी रियाल झन्डै ८७ लाख नेपाली रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो । नेपाली दूतावासमा खटाएका प्रतिनिधि र पीडित पक्षबीच भएको टलफलमा एक लाख २० हजार रियाल दिनुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम सङ्कलन सुरु गरेको थियो । खाडीका जेलमा श्रम मामिलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् । फौजदारी मुद्दाका संवेदनशील अभियोगमा पनि वर्षौंदेखि थुनिएका छन् ।

खाडीका दूतावासहरुले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा रहेको आजको कान्तिपुर दैनिकमा खबर छ । जसमा ८ सय फौजदारी अभियोगसँग जोडिएका छन् । बाँकी कम्तीमा दुई सय घरफिर्ती केन्द्रमा नेपाल आउने दिनको कुराईमा छन् । जसमा ८ सय ६३ फौजदारी अभियोगसँग जोडिएका छन् । बाँकी कम्तीमा दुई सय घरफिर्ती केन्द्रमा नेपाल आउने दिनको कुराईमा छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार फौजदारी अभियोग लागेका ३ सय ८८ नेपाली रियाद र दमाम क्षेत्रमा जेलमा छन् । साउदीकै जेदास्थित जेलमा २५ जना छन् ।

युएइमा एक सय तथा मलेसियामा २ सय ७७ जना जेलमा छन् । अबुधावीस्थित नेपाली दूतावासका अनुसार यूएईको अलवातहमा ३३, अलवायरमा २८, अलायनमा १४, सहरीमा १० र बाँकी चार जेलमा १५ नेपाली छन् ।

तपाईको प्रतिक्रिया