Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

ललितपुर – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।

ग्रिन काठमाडौँ क्लिन काठमाडौँ अभियान र ज्योतिदय संघद्धारा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तराई मधेसले गर्दै आएको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयताको सीमाङकन निर्धारण गरेर स्थानीय निकायको गाउँपालिका तथा नगरपालिकाको क्षेत्र निर्धारण गर्नु जरुरी रहेको औँल्याउनुभयो । संविधानलाई कार्यान्वयन गरेर स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्नु महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया