Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर दुर्घटनाग्रस्त भएको छ । घटनामा प्रहरीले ट्रकमा रहेका सात जनाको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक योगेन्द्र बहादुर हमालका अनुसार घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ ।

घाइते हुनेमा चालक र सहचालक पनि रहेका छन् । ट्रक करिब बिहान ७ बजेतिर ट्रक खसेको अनुमान गरिएको छ । उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले उद्धार गरेको हो ।

सोही क्षेत्रमा बिहीबार मात्रै यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु, १६ जना घाइते र चार जना बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया