Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

स्याङ्जा – शुक्रबार विहान मुग्लिन नजिकै भएको कहालीलाग्दो बस दुर्घटनामा परि पिडीखोला स्वास्थ्य चौकीमा कार्यरत अहेव गणेशकुमार शाहको पनि निधन भएको छ ।

रौतहट घर भएका शाह घरबाट कार्यक्षेत्र फर्कने क्रममा दुर्घटनामा परि निधन भएको हो । २०७१ सालदेखी पिडीखोला स्वास्थ्य चौकी कार्यरत २२ वर्षिय शाह मेहनती सरल स्वभाव भएका थिए । स्वास्थ्य चौकीले सञ्चालन गर्ने राष्ट्रिय खोप कार्यक्रम, गाउँघर क्लिनिक जस्ता कार्यक्रम मार्फत स्वास्थ्य सेवा दिन गाउँ–गाउँ पुग्ने गर्दथे, जसले गर्दा उनलाई स्थानीय सँगको सम्बन्ध सुमधुर बनाएको थियो । गत साउन ३२ गते अन्तिम दिन कार्यालय गएका शाह भाद्र १ गते देखि १० दिनका लागि घर विदामा गएका थिए । 1472193900463_NA_Chitwan_160826_Accident Place

त्यस दिनको भेट अन्तिम भयो स्वास्थ्य चौकीका प्रमुख ईश्वर श्रेष्ठले भावुक हुँदै भन्नुभयो,‘सँगै काम गर्ने साथी दुर्घटनामा परि निधनको खवर सुन्दा पहिला विश्वास गर्न सकिन् । उहाँको घरमा फोन गरेर बुझ्दा थाहा भयो दुर्घटनामा पर्नुभएछ । उहाँको निधनले यस ठाउँको स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।’ शाहको निधनको खवरले स्याङ्जाका स्वास्थ्य कर्मी लगायत सरोकारवालाहरु शोकमा डुबेका छन् । पारिवार सँग टाढा रहेर सेवा गरिरहेका सहकर्मी घर बाट कार्यक्षेत्र पुग्न नपाई भएको दुर्घटनाको खबरले अत्यन्त दुखी बनाएको पकवादी स्वास्थ्य चौकीमा कार्यरत अहेव महेन्द्र अर्यालले बताउनुभयो ।

रौतहटको गौरबाट पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको यात्रुवाहक बस शुक्रवार विहान मुग्लिन नजिकै त्रिशूलीमा खस्दा शाह सहित २२ जनाको निधन भएको थियो भने १७ जना गम्भिर घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया