Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

चितवन – शुक्रवार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो । बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो । शिक्षक सेवा आयोगले शनिवार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो ।

दुर्घटनामा रौतहटको मुडबलवा गाविसका पाँचजनाको मृत्यु भएको छ । साँझसम्म दुईजनाको सनाखत भएको छ। शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको छ । सँगै चढेका रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था शुक्रवार साँझसम्म अज्ञात छ । दुर्घटनाको खबर सुनेदेखि राजेश यादवकी पत्नी नितु यादवको आँखाबाट आँसु रोकिएका छैनन् । आजको नागरिक दैनिकमा खबर छ । शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको छ । सँगै चढेका रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था शुक्रवार साँझसम्म अज्ञात छ । दुर्घटनाको खबर सुनेदेखि राजेश यादवकी पत्नी नितु यादवको आँखाबाट आँसु रोकिएका छैनन् । ‘दुई छोरा र दुई छोरीको अब भरणपोषण कसरी हुने भनी चिन्ता र अझ लामो उमेर अब को भनेर जिउने’ भन्दै नितु अर्धमुर्छित अवस्थामा बर्वराइरहेकी छन् । 1472193900463_NA_Chitwan_160826_Accident Place

सँगै हिँडेका गाउँका अन्य तीन जनाको अवस्था अज्ञात भएकोले गाउँ शोकमग्न छ । मुडबलवाका पाँचैजना स्नातकोत्तर गरेका उच्च शिक्षितहरु रहेका हुन् । एकै घरका दुई जना चित्तरञ्जन र रविरञ्जन यादव दुर्घटनामा परेपछि घर शोकमग्न छ । बिहीबार साँझ घरबाट खाना खाएर सँगै हिँडेका दाजुभाइमध्ये दाजु चित्तरञ्जनको सनाखत भएको छ । रविरञ्जनको अवस्था अझै अज्ञात छ । अठार दिनको छोरा भएकी चित्तरञ्जनकी पत्नी अचेत छिन् । स्थानीय उच्च माध्यमिक विद्यालयमा करारमा शिक्षण गरिरहेका चित्तरञ्जनको निधनले मुडबलवाको विद्यालय परिवार नै शोकमा डुबेको छ । गौर १३ की सन्ध्या श्रीवास्तवको मृत्यु भएको खबरले माइतीघर गौर ५ मा आमा मधु श्रीवास्तवको होस खुलेको छैन । बुवा विनोद श्रीवास्तव पनि बेला बेलामा बेहोस भइरहेका छन् ।

श्रीवास्तव १२ वर्षे छोरा सुशान्त श्रीवास्तवलाई साथमै लिएर गएकोमा छोरा भने जीवितै रहेको छ । शिक्षक सेवा आयोगको परीक्षा दिन गएका लौकाहा २ का सच्चिन्द्र प्रसाद यादव र राकेश कुमार यादवको दुर्घटनामा मृत्यु भएपछि गाउँ पुरै स्तब्ध छ । गाउँका मानिसहरूले गाउँको मणि नै हराएको बताइरहेका छन् । शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन धेरै परीक्षार्थी बसमा चढेको अनुमान गरिएको छ । शंकर गुदर उच्च माध्यमिक विद्यालयमा करारमा करिब एक महिनादेखि अंग्रेजी शिक्षण गरिरहेका सर्लाहीका राजीवकुमार सिंह पनि सोही बसमा गएको टिकट लिएको गरुडा काउन्टरले पुष्टि गरेको छ ।

मृतक वा घाइते दुवैमा सिंह नभेटिएको घटनापछि भरतपुर पुगेका विद्यालयका प्राचार्य देवेन्द्र साहले बताए । झुनखुनवाबाट आफ्नो भतिजी ज्वाइँ पनि सोही बसमा चढेको तर साँझसम्म कुनै अत्तोपत्तो नलागेको साह बताउँछन् । परीक्षा दिन सोही बसमा पोखरा हिँडेका अर्का युवक गरुडा नगरपालिका वार्ड नम्बर ४ का सञ्जय कुमार यादवको अवस्था पनि साँझसम्म अज्ञात नै रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया