Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौँ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीेको नियुक्तिको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

कार्कीको नियुक्तीविरुद्ध परेको रिट खारेजीको फैसला पुनरावलोकनको माग राखी परेको निवेदनको सुनुवाइका क्रममा सर्वोच्चको पूर्ण इजलाशले कार्कीसँग सम्बन्धित दुई महत्त्वपूर्ण फाइलको सक्कलप्रति मगाएको आजको कान्तिपुर दैनिकमा खबर छ । न्यायाधीशहरु दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलाशले २०६३ सालमा तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) कार्कीमाथि सामान्य प्रशासन मन्त्रालयले सोधेको स्पष्टीकरणको सक्कल फाइल र उनलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

‘तत्कालीन मुख्य अधिकृत कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य प्रशासन मन्त्रालयको २०६३ चैत ११ गेको पत्र सहितको सक्कल फाइल उक्त मन्त्रालयबाट झिकाउनु’ आदेशलाई उदृत गर्दै सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले भन्नुभयो, ‘कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने सम्बन्धी निर्णयको सक्कल फायल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट झिकाई आएपछि कानुनबमोजिम गर्नु ।’ अदालतले कार्कीलाई सामान्य प्रशासनले सोधेको स्पष्टीकरण र उनको नियुक्तिको फाइल अध्ययन गर्नेछ । अध्ययनका आधारमा अदालती भाषामा ‘निस्सा हुनेरनहुने’ भनी पुनरावलोकनमा जानेरनजाने निर्णय हुनेछ । निवेदनको माग अनुसार तथ्य र प्रमाण पेस भएको लागेमा तीन न्यायाधिशको बृहत् इजलाशले फेरी सुनुवाइ थाल्नेछ ।

अध्ययनका आधारमा सर्वोच्चले यसअघि संयुक्त इजलाशको फैसला पुनरावलोकन गर्नेरनगर्ने निर्णय गर्नेछ । त्यतिबेलाको फैसलाले अख्तियारका प्रमुख आयुक्त कार्कीको योग्यतामा प्रश्न उठाई दायर भएको रिट खारेज गरिदिएको थियो । सक्कल फाइल अध्ययन गरी पुनरावलोकनको आदेश दिएमा कार्कीको नियुक्तिको वैधता र यसको फैसलाको औचित्यमाथि समेत फेरी न्यायिक परीक्षण हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया